दफा
सम्पर्क कार्यालय खोल्ने
(१) ऐनको दफा ३३ बमोजिम विदेशी बीमकले नेपालमा सम्पर्क कार्यालय खोल्न सम्बन्धित देशको नियमनकारी निकायले नेपालमा सम्पर्क कार्यालय खोल्न प्रदान गरेको सहमति र अन्य सम्बद्ध कागजात सहित प्राधिकरणमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा विदेशी बीमकलाई. नेपालमा सम्पर्क कार्यालय खोल्न दिन उपयुक्त देखिएमा प्राधिकरणले त्यस्तो कार्यालय खोल्न अनुमति दिन सक्नेछ।

(३) उपनियम (२) बमोजिम प्राधिकरणले अनुमति दिने वा नदिने सम्बन्धी निर्णय निवेदन प्राप्त भएको मितिले साठी दिनभित्र गर्नु पर्नेछ ।